December 8, 2021, Wednesday

एमाले छोडेर ७० जना कलाकर्मी कांग्रेसमा प्रवेश


नयाँ विकल्प,

काठमाडौं – नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस ७० जना कलाकर्मी प्रवेश गरेका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अधिकांश कलाकर्मीहरु नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।

एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा गरेका छन् ।

यस्तै आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारा लगायतले एमाले छोडेर काँग्रेस प्रवेश गरेका हुन् ।

यसअघि कुनै पार्टीमा नरहेका सुरेन्द्र केसी ुमुलासागु, महादेव त्रिपाठी जादुगर र मिलनकुमार श्रेष्ठले पनि कांग्रेसको सदस्यता लिएका छन् । कांग्रेस सभापति देउवाले उनीहरुलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ असार २६, २०: ०४: ०२

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ असार २६, २०: ०४: ०२

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ असार २६, २०: ०४: ०२

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...