December 8, 2021, Wednesday

जर्मनीमा सङ्घीय संसद् चुनावमा एसपीडी विजयी

नयाँ विकल्प,

काठमाडौं – जर्मनीमा भएको सङ्घीय संसद्को चुनावमा सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) विजयी भएको छ ।

एसपीडीले २५ प्रतिशतभन्दा बढी मत ल्याएर सबैभन्दा ठूलो पार्टी भएको निर्वाचन आयोगले घोषणा गरेको छ ।

एसपीडीलाई पछ्याएको क्रिश्चियन सोसल युनियन पार्टीले २४ दशमलव प्रतिशत मत ल्याएर संसदमा दोस्रो ठूलो दल भएको छ ।

यो पार्टी चान्सलर एङ्गेला मर्केलको हो ।

तेस्रो भएको द ग्रिन्स पार्टीले १४ दशमलव आठ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।

यसैबीच नयाँ गठन भएको संसद्ले नयाँ चान्सलर चयन गर्ने छ ।

झन्डै १६ वर्ष चान्सलर बनेकी एङ्गेला मर्केलले बिदा लिएपछि नयाँ चान्सलर निर्वाचित गर्नुपर्ने भएको हो ।

मर्केलको उत्तराधिकारीले नै नयाँ सरकार पनि गठन गर्ने छन् ।

नयाँ संसद् गठनका लागि गएको शनिवार मतदान भएको थियो ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ आश्विन ११, २१: १२: ५७

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ आश्विन ११, २१: १२: ५७

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ आश्विन ११, २१: १२: ५७

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...