December 8, 2021, Wednesday

तालिबानविरुद्धको प्रतिबन्ध अमेरिकाले तत्काल नहटाउने संकेत


नयाँ विकल्प
,

काठमाडौं – अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ ।

दुई वटा इजाजत पत्रमार्फत अमेरिकाले प्रतिबन्ध कायमै रहेको तर मानवीय र विकासका लागि आवश्यक पर्ने सहयोगका लागि कुनै अवरोध नगर्ने जनाएको हो ।

प्रतिबन्ध कायमै राखेको अमेरिकाले विभिन्न निकायहरुलाई अफगानिस्तानमा आवश्यक मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ ।

अफगानिस्तानमा हजारौँ नागरिकलाई सहयोगको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घले यसअघि नै बताउँदै आएको छ ।

प्रतिबन्धका कारण अवस्था झन् बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ आश्विन १०, २२: ०१: १६

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ आश्विन १०, २२: ०१: १६

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ आश्विन १०, २२: ०१: १६

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...