December 8, 2021, Wednesday

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ भर्सनको यस गीतलाई दिपक शर्माले संगीतवद्द गरेका हुन्। गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा पल शाह र वर्षा राउत बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको छ ।

अमेरिकाको पेन्सिलभिनिया राज्य निवासी हर्क राई र मधु राईको लगानीमा निर्मित यस भिडियोलाई केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७७ चैत्र ३, १२: ०३: २९

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७७ चैत्र ३, १२: ०३: २९

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७७ चैत्र ३, १२: ०३: २९

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...