December 3, 2021, Friday

बैंकिङ कसुरमा निर्देशक शिशिर राणा पक्राउ

नयाँ विकल्प,

काठमाडौं – कलाकार तथा निर्देशक शिशिरशमशेर जबरा (शिशिर राणा) प्रहरीको फन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राणालाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुरमा फरार रहेका राणालाई सोमबार प्रहरीले पक्राउ गर्न सफल भएको सीआईबीका एसपी गंगा पन्तले जानकारी दिइन ।

राणालाई उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएको सीआईबीले जनाएको छ ।

तर, रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो ।

फिल्म क्षेत्रमा प्रोडक्सन म्यानेजरका रुपमा भित्रिएका राणा पछिल्लो समय कलाकार तथा निर्देशकको रुपमा परिचित रहेका छन् ।

सम्बन्धित समाचार

टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क
टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क
  • २०७८ असार २१, २३: १९: ३७

नयाँ विकल्प, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा...

फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
  • २०७८ असार २१, २३: १९: ३७

नयाँ विकल्प, काठमाडौं । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । डीएआर मुभिजले...

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै सतर्कता अपनाउन डब्लुएचओको आग्रह
भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै सतर्कता अपनाउन डब्लुएचओको आग्रह
  • २०७८ असार २१, २३: १९: ३७

नयाँ विकल्प, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन...