December 8, 2021, Wednesday

मंसिर ९ मा कुनै पनि हालतमा महाधिवेशन हुन सक्दैन: मिन विश्वकर्मा

काठमाडौं । माघको पहिलो या दोस्रो हप्ताभित्र पार्टीको चौधौं महाधिवेशन सम्पन्न हुने गरी नयाँ तालिका बनाउनुपर्ने नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा नेता विश्वकर्माले कोभिड–१९ का कारण महाधिवेशन रोकिएको र अहिले सहज भएपछि नयाँ तालिका बनाउने बारे पार्टी भित्र छलफल भइरहेको जानकारी दिए । तिहार अगाडि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीले ल्याएको प्रस्तावलाई अनुमोदन गर्ने जिकिर गरे ।

मंसिर ९ मा कुनै पनि हालतमा महाधिवेशन हुन नसक्ने ठोकुवा गरेका नेता विश्वकर्माले भने, ‘अहिले आम नेता कार्यकर्ता साथीहरुमा अन्योल छ । कतै वडाको अधिवेशन भएको छैन, कतै महाधिवेशनको मिति आइसक्यो । दसैं अगाडि गर्ने भनिएका पालिका र जिल्ला तहको अधिवेशन विविध कारणवश हुन सकेनन् । कात्तिकभित्र पालिकाको अधिवेशन गरी मंसिरभित्र सबै प्रदेशको अधिवेशन गर्ने अनि माघको पहिलो या दोस्रो हप्ताभित्र राष्ट्रिय महाधिवेशन हुने गरी अर्जुनदृष्टि लगाउनुपर्छ भन्ने मेरो सुझाव छ ।’

पार्टीभित्र रामचन्द्र पौडेल समूहले एकातिर महाधिवेशन सुचारु हुन नदिने अनि अर्कातिर समयमै किन गरिनस् भन्ने द्वैध चरित्र देखाइरहेको समेत नेता विश्वकर्माले आरोप लगाए । वडा अधिवेशनमा शेरबहादुर देउवा पक्ष कमजोर भएकाले महाधिवेशन सार्न खोजेको आरोप मात्र भएको विश्वकर्माको दाबी छ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ कार्तिक २, १२: ४०: ३१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ कार्तिक २, १२: ४०: ३१

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ कार्तिक २, १२: ४०: ३१

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...