काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राजनीति दलहरु चुनाव जित्नका लाथि कहि कतै संविधान र सर्वोच्च अदालतलाई समे गाली गलौज गर्न लागेको भन्दै असंतुष्टी जनाएका छन् । उनले अदालत र संविधानलाई गाली गरेर कसैले चुनाव जित्ने चेष्टा गर्न नहुने बताएका छन् ।
उच्च अदालत बार इकाई तुलसीपुर दाङले अयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले कतिपय दलले चुनावी सभा सम्बोधन गर्ने क्रममा अदालत र संविधानलाई गाली नगर्न चेतावनी दिए । व्यक्ति विशेषका कमजोरी रहे पनि अदालतले कहिल्यै कमजोरी नगर्ने भन्दै पराजुलीले अदालत विधि, पद्धति र प्रक्रियाबाट चल्ने बताए ।
‘कुनै पनि व्यक्ति वा राजनीतिक पार्टीले मेरो पक्षमा फैसला आउनुपर्दथ्यो वा आउनुपर्छ भन्नु दृष्टता मात्रै हो,’ सम्बोधनमा उनले भने । मंसिर १ देखि सर्वोच्च अदालतमा कार्यरत सबै न्यायाधीश र कर्मचारीले अतिरिक्त समयसम्म काम गर्ने गरी व्यवस्थापन गरेको भन्दै उनले पुराना मुद्दा छिटो किनारा लगाउन सघाउ पुग्ने बताए । मालपोत कार्यालयको ढोकामा बसेकाहरु समेत वरिष्ठ अधिवक्ता भएको बताउँदै पराजुलीले अब आफ्नो हैसियत सुधार्न आग्रह गरे ।
कानुन व्यवसायी परिवर्तनका वाहक, सामाजिक अभियन्ता र न्यायमूर्ति भएकाले आफूलाई थप अध्ययनशील बनाउन सक्नुपर्ने उनको भनाइ थियो । उनले मानवअधिकारलाई संकुचन हुने तरिकाले काम नगर्न निर्देशन दिएका छन् । ‘हिजो न्याय सम्पादनमा केही संकुचन थिए । थुनेर मात्रै बयान लिने परिपाटीले मानिसको मनोबल कमजोर हुने गर्दथ्यो । त्यसमा राहत दिने गरी व्यवस्था मिलाउँदैछौं,’ उनले भने ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गरेका छन् ।...