काठमाडौं । पुरानो राजनितिज्ञ एवम् पञ्चायत कालका दरबारमा विश्वास पात्रका रुपमा परिचित व्यक्ति पूर्व प्रधानमन्त्री एवम् शाही सरकारमा उपाध्यक्ष किर्तिनिधी विष्टको ९१ वर्षको उमेरमा शनिवार आफ्नै निवासमा निधन भएको छ । पुख्र्यौली घर गोरखा रहेको विष्ट १९८३ मा वटुमा जन्मेका हुन् । हाल उनी ज्ञानेश्वरमा बसोेबास गर्दै आएका थिए ।
सादगी र राष्ट्रभक्तीका रुपमा राजनीति पहिचान बनाएका विष्ट पञ्चायत कालमा ३ पटक राजाका विश्वास पात्रका रुपमा प्रधानमन्त्री भई सकेका व्यक्ति हुन् । २०५८ पछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले उनलाई र तुलसी गिरी २÷२ जना उपाध्यक्ष बनाएर मुलुकको बागडोर सम्हालेका थिए । छिमेकी भारतसँग निकै कडा अभिव्यक्ति दिँदै आएका राजनीतिक व्यक्ति विष्ट नेपाली राजनीतिमा निकै चर्चा कमाएका हुन ।
राष्ट्रिय कांगे्रसमा आबद्ध हुँदै महासचिव जस्तो पदमा रही काम गरेका विष्ट २०१७ सालमा राजा महेन्द्रबाट बहुदलिय व्यवस्थाको हरणपछि पञ्चायतमा छिरेका थिए । राजा महेन्द्र राष्ट्रवादी भए नेपाली राजनीतिमा विश्लेषण गरिरहेको बेला विष्टलाई पनि राष्ट्रवादी नेताको रुपमा लिइएको थियो । लामो समयसम्म राजा महेन्द्रका अनुयायी भएका कारण बहुदलीय व्यवस्थाको विरोधीको रुपमा रहेको थियो ।
२०४६ सालपछि राजनीतिबाट निक्कै टाढा पुगेका विष्ट पुन २०५८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट पुराना पञ्चायत कालका कट्टर पञ्चायत प्रविधीका व्यक्तिहरुलाई आफ्ना मन्त्रीपरिषद्मा सहभागी गराएका थिए । त्यसैगरी, राजा ज्ञानेन्द्र शाहले देशै छाडेर विदेशमा बस्दै आएका तुलसी गिरी र पञ्चायतका हिमायती मानिने किर्तिनिधी विष्टलाई उपाध्यक्षमा मनोनित गरेका थिए । विष्ट सञ्चार क्षेत्रबाट पनि निकै टाढा बस्दै आएको र अन्तिम समयसम्म पनि राजनीतिक रुपमा चर्चामा आउन नमानेका कारण उनको राष्ट्रिय व्यक्तित्वको निधनमा पनि राजकिय सम्मान लिन नमानेको परिवारका सदस्यले बताएका छन् । राजनैतिक वृतका नेताको निधनप्रति हाम्रो पनि श्रद्धा सुमन ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...