मेडिकल कलेजमा परिणत हुँदैछ मेची अस्पताल ः नेता सिटौला – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

मेडिकल कलेजमा परिणत हुँदैछ मेची अस्पताल ः नेता सिटौला

भद्रपुर । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले शान्ति र संविधानको जिम्मेवारी लिएर दोश्रो संविधान सभा निर्वाचनमा विजय प्राप्त गरेपछिका चार बर्षमा क्षेत्र नं ३ मा १ अर्व बढीका विकास योजना ल्याएको दावी गरेका छन् ।

भद्रपुरमा पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै नेता सिटौलाले पहिलो संविधान सभाले संविधान जारी गर्न नसक्दा शान्ति प्रकृया पनि अलपत्र परेपछि दोस्रो संविधान सभा निर्वाचनमा जनतासँग परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धता गरेर गएको बताए ।

उनले २०६२÷०६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्नेहरु परिवर्तनकर्मी झापाली जनताका प्रतिनिधि बन्न अयोग्य भएको बताए । उनले संघीयता र लोकतान्त्रिक गणतन्त्र अस्वीकार गरिरहेको राप्रपालाई एमाले र माओवादीले उम्मेद्वार बनाएकोमा आफू अचम्मित भएको बताउँदै दुवै पार्टीले २०४६ सालको जनआन्दोलनका पहिलो सहिद राम थापाको बलिदानलाई अवमूल्यन गरेको बताए । सिटौलाले आफू परिवर्तनको लडाँईमा अविचलित भएर निरन्तर लागेको स्पष्ट पार्दै शान्ति र सम्बृद्धिको सपना पूरा गर्न नेपाली कांग्रेसको विजय अपरिहार्य रहेको बताए ।

उनले अलपत्र हुलाकी सडक र मेची अञ्चल अस्पतालको स्तरीकरण आफ्नै कार्यकालमा भएको उल्लेख गरे । सिटौलाले खानेपानी, ग्रामीण सडक, सामुदायिक भवन, विद्यालय भवन जस्ता भौतिक संरचनाका काम तीव्र गतिमा भइरहेको जानकारी गराए । नेता सिटौलाले प्रदेश नम्वर १ को सरकारी मेडिकल कलेजका रुपमा मेची अस्पताल विकसित हुने प्रकृयामा गइसकेको उल्लेख गर्दै मेची नदी नियन्त्रण र देउनिया खोला पूल निर्माण अगाडि बढिरहेको बताए ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७४ कार्तिक २७, १०: ०९

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ कार्तिक २७, १०: ०९

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
  • २०७४ कार्तिक २७, १०: ०९

काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...