नारायण पोखरेल प्रतिष्ठानको महाअधिवेशन सम्पन्न ! – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

नारायण पोखरेल प्रतिष्ठानको महाअधिवेशन सम्पन्न !

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकास्थित वार्ड नं. ७ रामकोटको नर्सरी भन्जाङ्गमा करीब २० रोपनी जग्गामा बृहत नारायण आध्यात्मिक केन्द्र निर्माण गरी सोही स्थानमा प्रसिद्ध बद्री नारायण मन्दिर निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानले हालै १० औं साधारण सभा तथा महाअधिवेशन सम्पन्न गरेको छ ।

वाचन शिरोमणी दिनबन्धु पाखरेलको सभापतित्वमा सम्पन्न उक्त साधारण सभा तथा महाअधिवेशनको प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले रहेका थिए ।

त्यसैगरी, अन्य विशिष्ट अतिथीहरुमा नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, प्रदेश सभा सदस्य उम्मेदवार धर्मराज गौतम, अर्का उम्मेवार केशव पोखरेल रहेका थिए । कार्यक्रममा वक्ताहरु विश्व हिन्दू महासंघका वरिष्ठ उपाध्यक्ष दयाराम पाण्डे, महेन्द्र निधि अस्पतालका महासचिव भानुभक्त ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी, संस्थाका महासचिव डा. विष्णु खनालले संस्थाको तर्फबाट प्रकाश पार्दै नागार्जुन नगरपालिकाको यो पर्यटकीय क्षेत्रको विकासका लागि गैर राजनीति र नाफा रहित संस्था भएको हुँदा यस क्षेत्रमा प्रसिद्ध बद्री नारायण मन्दिर निर्माण गरी यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।
प्रमुख अतिथी डा. स्वर्णिम वाग्लेले आफू नागार्जुन नगरपालिका वासिन्दा भएको हुँदा सक्दो सहयोग रहने बताए । यो क्षेत्रको विकास गर्न सके काठमाडौंको धुलोधुँवाबाट आजित भएका पर्यटकहरुले यसलाई बिकल्पको रुपमा लिन सकन्छन र यो सुन्दर धार्मिक पर्यटकीय क्षेत्र निर्माण हुन्छ । यसका लागि विषेश खालको सम्भावनाहरुको खोजी कार्यमा आफू पनि लागि पर्ने बताए । आफू राजनीति गर्ने नेता नभएको हुँदा यतिनै रकम दिन्छु भनेर भन्न नसकिने भएता पनि यहाँको निकासमा मेरो उल्लेखनीय भूमिका रहने बताए ।
प्रतिष्ठानका संरक्षण एवम् अध्यक्ष दिनबन्धु पोखरेलको सभापतित्वमा सम्मान उक्त साधारण सभा तथा महाअधिवेशन वाचन शिरोमणि पोखरेलले अब विश्वलाई नै हेर्ने दृष्टिकोणमा परिर्वतन हुनुपर्ने हुँदा भौतिकवाद र अध्यात्मिकवादको प्mयूजनबाट “नब ज्ञानवाद”को जन्म गरेर अगाडि बढ्नुपर्ने बताए । भौतिकवाद विदेशीको सिको भएको हुँदा अध्यात्मिकवादले नेपालीको उत्थानमा सहयोग गरेता पनि हामीले पर्याप्त मात्रामा आध्यात्मिकवादलाई अगाडी बढाउन नसकेको हुँदा नवज्ञानवादलाई लक्ष्य बनाएर प्रतिष्ठानले आफ्ना कार्यहरु अगाडी बढाईने उद्घोष रहेको बताए । आध्यात्मिकवाद भित्र शान्ति छ । सन्तुष्ट छ ।

जीवन यापनमा खुसी हुन्छ भन्ने कुरालाई सबैले मनन गर्दै विश्वसामु नव ज्ञानवादको व्यापक प्रचार गर्नुपर्ने बताए । २०औं साधारणसभा तथा महाधिवेशनले प्रतिष्ठानको संरक्षक एवम् वाचक शिरोमणी दिनबन्धु पोखरेलको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति समेतको चयन भएको छ । जसअनुसार अध्यक्ष वाचक शिरोमणी दिनबन्धु पोखरेल, उपाध्यक्ष–मणिराम वास्तोला, महासचिव–डा. विष्णु खनाल, सचिवहरु– विनोद ढकाल, भुवन गिरी, कोषाध्यक्ष–बद्रीप्रसाद पोखरेललगायत ३० जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

 

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०७४ कार्तिक २७, १०: १८

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७४ कार्तिक २७, १०: १८

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७४ कार्तिक २७, १०: १८

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...