
नयाँ विकल्प,
काठमाडौं – मन्त्रिपरिषद्को बैठकले सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई प्रशासन समूहबाट सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगले गरेको सिफारिसका आधारमा उनको बढुवा भएको हो ।
आज लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले सहसचिवहरू कृष्णहरि पुष्कर, खगेन्द्र प्रसाद नेपाल र किरण राज शर्माको नाम सचिवमा बढुवाका लागि सरकारलाई सिफारिस गरेको थियो ।
पहिलो नम्बरमा सिफारिसमा परेका पुष्करको बढुवा भएको हो ।
काठमाडौं : सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त भएका छन् । न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको...
सर्लाही : मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने...