
नयाँ विकल्प,
गण्डकी – कास्कीमा साउन ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणदर र मृत्युदरमा केही कमी आएको भए पनि अपेक्षाकृत नियन्त्रणमा आइनसकेको कारण जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा अवधि १० दिन थप गरेको हो ।
यही असार २५ गते राति १२ बजेबाट लागू हुने गरी थप गरिएको निषेधाज्ञामा जिल्ला भित्र मात्र जोरबिजोरअनुसार सार्वजनिक सवारी साधान सञ्चालन हुने छभने विभिन्न पेशा व्यवसाय तथा पसल बिहान ५ देखि साँझ ८ बजेसम्म खुल्ने भएका छन् ।
निजी सवारीसाधन अहिले जस्तै जोरबिजोरका आधारमा सञ्चालन हुने छन् भने सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले यस अघि जस्तै सिनेमा हल, पार्र्टी प्यालेस, होटल तथा रेष्टुरेण्ट, चिया तथा खाजा पसल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर स्पा, स्वीमिङपुल, व्यूटीपार्लर, शैलुन र पुटपाथ पसल लगायतका सेवा एवं स्थल खोल्न तथा सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...