ललितपुरबाट कस्तूरीको बिनासहित २ जना पक्राउ – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

ललितपुरबाट कस्तूरीको बिनासहित २ जना पक्राउ

नयाँ विकल्प,

काठमाडौं – ललितपुरको गोदावरी नगरपालिका १४ स्थित ठैवबाट प्रहरीले संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका घर भएका लालबहादुर घलान र झापा गौरिगञ्जका उदयकुमार कोइराला छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनिहरुलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित बन्यजन्तुको आखेटोपहार बेचविखन गर्नेलाई ५ देखि १० वर्ष कैद र १५ वर्षसम्म कैद सजाय हुने ब्यवस्था छ । 

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ असार २९, २१: ५६

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ असार २९, २१: ५६

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ असार २९, २१: ५६

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...