
नयाँ विकल्प,
काठमाडौं – मध्यपहाडी लोकमार्ग अन्तर्गत यहाँको कुश्मा नगरपालिका ८ चुवास्थित चाइनाचोक नजिकैको पहिरो हटाइएको छ ।
मङ्गलबार राति ९ः०० बजेको समयमा सडकमाथिबाट पहिरो झरेर पुरिएको सडकमा रहेका ढुङ्गा फुटाएर पन्छाइएपछि १९ घण्टामा सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।
“मङ्गलबार राति ९ः०० बजे पहिरो गएपछि रातिमा गुडेका सवारी पनि बाटोमै अलपत्र परेका थिए, बुधबार बिहानैबाट बाटो खुलाउन प्रयास गरिएकामा केहीबेर अघिबाट बाटो सञ्चालन भएको छ”, उनले भने, “यसपटकको वर्षाले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा धेरै नै दुःख दियो, अवरुद्ध भएको छैटौँ मङ्गलबार साँझबाट खुलेको लोकमार्ग मङ्गलबार रातिबाटै अवरुद्ध भयो, वैकल्पिक सडक नहुँदा पनि समस्या भइरहेको छ ।”
मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्लामा काम गरिरहेको लामा कन्स्ट्रक्सनले आज बिहानैबाट तीन एस्काभेटरको सहयोगमा सञ्चालन गराएको हो ।
अवरुद्ध बाटो सञ्चालन भएपछि पोखराबाट साविकको धौलागिरिका चार जिल्लाका लागि छुटेका तथा त्यहाँबाट बाहिरिन लागेका सवारी गन्तव्यतर्फ लागेका छन् ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...