
नयाँ विकल्प,
काठमाडौ – उदयपुर प्रहरीलाई २५ हजार घुस रकम अफर गरेपछि त्रियुगा नगरपालिका ११ बस्ने टिका बहादुर बस्नेत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुर अनुसार, साउन ३ मा प्रहरीले ज.१च १५४६ नम्बरको बोलेरो पिक अपमा ल्याएको भन्सार छलीको सामान नियन्त्रणमा लिएको थियो ।
सो सामान छुटाउन बस्नेतले प्रहरी कर्मचारीलाई घुस अफर गरेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले जनकारी दिए । मदिराजन्य सामग्री छुटाउन घुस दिन खोज्ने बस्नेतलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उनले बताए ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...