खुकुरी प्रहार गरी वृद्धको हत्या – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

खुकुरी प्रहार गरी वृद्धको हत्या

नयाँ विकल्प

गाईघाट- उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने हत्यामा संलग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेका छन्।

प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए। आज बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकामा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले शवको मुचुल्का सर्जमिन गर्ने कार्य शुरु गरेको छ। चौधरीको हत्यामा संलग्न खुुकुरी प्रहार गर्ने सदा र खुकुरी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ श्रावण ६, ०९: ३९

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ श्रावण ६, ०९: ३९

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ श्रावण ६, ०९: ३९

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...