
नयाँ विकल्प,
काठमाडौं – मकवानपुरको मनहरीबाट १ सय २७ किलो लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गतको पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीस्थित सडकखण्डबाट
बी.आर.ई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाइ छिपाइ ल्याएको उक्त परिणामको गाँजासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारतको बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, भारतको समस्तिपुर बस्ने १८ वर्षीय राहुल कुमार सहनी र पर्साको वीरगन्ज महानगरपालिका वडा नम्वर ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...