
नयाँ विकल्प,
काठमाडौं – नेपालमा मिडिया क्षेत्रलाई समेटेर पहिलो पटक अवार्ड कार्यक्रम हुने भएको छ ।
मिडिया क्षेत्रमा देखिइरहेका यिनै परिवर्तनलाई पहिचान गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ड्रिम हाई नेपालले मिडिया अवार्ड गर्ने निर्णय गरेको छ ।
नेपाल मिडिया अवार्ड २०७८ नाममा निकट भविष्यमै हुन गइरहेको यो अवार्डले मिडियाका विविध स्वरूप र विधालाई समेटेर अवार्ड कार्यक्रम गर्न लागेको हो ।
रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समेटेर गरिने अवार्ड सेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ हुन लागेको आयोजक ड्रिम हाई नेपालका अध्यक्ष कमल जिसीले बताए ।
निकट भविष्यमै हुन लागेको यो अवार्डमा सञ्चार माध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाको सूची तयार गरी मनोनयन सार्वजनिक गर्ने जिसीको भनाइ छ ।
यसरी मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता वा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्याङ्कन गरी विजेताको घोषणा गरिने आयोजकको भनाइ छ ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...