अफगानिस्तानमा रहेकालाई एक हप्ताभित्र सम्पर्कमा आउन आग्रह – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

अफगानिस्तानमा रहेकालाई एक हप्ताभित्र सम्पर्कमा आउन आग्रह

नयाँ विकल्प

कर्णाली- जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ। प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो।

नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार सुर्खेत घर भई अफगानिस्तान पुुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

“सुर्खेतबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिको उद्धारका लागि हामीले विवरण सङ्कलन कार्य सुरु गरेका छौँ”, सहायक प्रजिअ महतले भने, “यसका लागि अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले प्रशासनमा आएर विस्तृत विवरण उपलब्ध गराउनुपर्नेछ।”

उनका अनुसार अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले यही भदौ १० गतेसम्म विस्तृत विवरण टिपाउन भनेर सूचना प्रकाशन गरिएको छ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र ४, ०७: १७

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ भाद्र ४, ०७: १७

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...

माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
  • २०७८ भाद्र ४, ०७: १७

भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...