
नयाँ विकल्प
बुटवल- रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिँएको छ। पुल भासिँदा पूर्वपश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्ड अवरुद्व भएको छ।
वैकल्पिक व्यवस्था नभएसम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक गंगाबहादुर सारुले बताए। प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ।
अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु र नवलपरासी, दाङ बाँके र बर्दिया क्षेत्रका विभिन्न ठाउँ डुबानमा परेका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बाढीले बिहीबार राति डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको हो।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन पनि बाढीले बगाएको छ।
यस्तै, गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ। बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ।
रुपन्देही तिलोत्तमाको शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगायतका ठाउँ डुबानमा परेका छन्।
त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटीय क्षेत्रमा जोखिम बढेको छ। बर्षातका कारण तिनाउ नदीमा बाढी आएको छ। त्यस्तै कपिलवस्तुको वाणगंगा नदी आसपासको क्षेत्रपनि जोखिममा परेको छ, भने नवलपरासीका परासीबजारसहितका ठाउँ डुबानमा परेका छन्।
अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे-सन्धिखर्क सडक पनि पहिरो खसेका कारण अबरुद्व भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका सूचना अधिकारी डिल्ली नारायण पाण्डेयले बताए ।
यस्तै पाल्पा रम्भा गाउँपालिका ३ सितापहाडस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बर्दिया बासगढी नगरपालिका १ बबईस्थित (कोहलपुर–सुर्खेत) रत्नराजमार्ग सडक खण्डमा पनि पहिरोले बन्द भएको छ। गुल्मी रुरु गाउँपालिका २ पोखरी बगरस्थित (रिडी–रुद्र बेनी) सडक खण्डमा बन्द भएको छ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...