
नयाँ विकल्प,
मकवानपुर- मकवानपुरको भीमफेदी १, सानुटारस्थित सुपारेटार ब्यारेक नजिकै राप्ती खोलामा ट्रक खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी १ सानुटारमा फलाम बोकेर काठमाडौं जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७५९ नम्बरको आइचर ट्रक अनियन्त्रित भएर खोलामा खसेको हो।
मृतकको पहिचान हुन नसकेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए। प्रवक्ता रिमालका अनुसार दुर्घटनामा ट्रक चालक मोरङको सुन्दरहरैचा गाउँपालिका ८ का ३१ वर्षीय राजन बास्कोटा र सहचालक २४ वर्षीय सरोज आचार्य घाइते भएका छन्।
घाइतेहरूको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...