
नयाँ विकल्प,
काठमाडौं- पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लगातारको वर्षापछि कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार कुश्मा नगरपालिका –३ दुर्लुङमा पहिरोले एकै घरका ५ जना पुरिएकोका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले पहिरोमा पुरिएका ५ जनामध्ये २ जना मृत अवस्थामा फेला परेको जानकारी दिए।
१५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको र ३ जना बेपत्ता रहेकाले खोजी भइरहेको उनले बताए।
यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए।
यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीया ठुलीमाया थापाको पनि मृत्यु भएको छ
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...