
नयाँ विकल्प,
संखुवासभा- संखुवासभाको चिचिला गाउँपालिका-१ मा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा तकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८०८३ नम्बरको मिनी ट्रक शनिबार राति चिचिला-१ पात्लेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा चालक धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको छ। पाण्डेको शव ट्रकले किचेको अवस्थामा फेला परेको थियो।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदैछ।
अरुण तेस्रोको ड्याम साइडमा तकारी पुर्याएर फर्कदै गर्दा मिनि ट्रक दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते १० मध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते खाँदबारी नगरपालिका-७ का २९ वर्षीय बब्लु मगर, भारतको आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।
घाइते १० मध्ये आठ जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन्। दुर्घटनामा भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार घाइते भएका छन्।
यसैगरि, खाँदबारी नगरपालिका-८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन्। घाइते मध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन्।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...