
नयाँ विकल्प,
तम्घास- मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ। कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ।
अहिले एकतर्फीरूपमा सवारी साधन आवतजावत गरिरहेका छन्।
सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम रहेको बताइएको छ। सडक भासिएर पहिरो जाँदा नजिकैका दुई घरसमेत जोखिममा परेका छन्।
स्थानीय नेत्र कुँवर र नर्मदा कुँवरको घर जोखिममा परेको वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए। जोखिममा परेका परिवारलाई तत्काल अन्यत्र आवश्यक रहेको उनले बताए।
गत वर्ष सोही स्थानमा थोरै मात्रामा सडक भासिएको थियो। यसैमाथि थप कालोपत्र गरेर टालिएको थियो। अहिले उक्त ठाउँमा पहिरो गएको छ।
मदन भण्डारी राजमार्गअन्तर्गत तम्घासबाट सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्र गरिएको छ। सडकका अन्य स्थानमा पनि पहिरो जाँदा नागरिक हैरान भएका छन्।
उक्त सडकबाट गुल्मीको क्षेत्र नं २ का अधिकांश ठाउँ र छिमेकी जिल्ला बागलुङसम्मका सवारी साधन सञ्चालन हुने गर्दछन्।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...