पहिरोले हेलम्बु राजमार्ग फेरि अवरुद्ध – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

पहिरोले हेलम्बु राजमार्ग फेरि अवरुद्ध

नयाँ विकल्प,

काठमाडौं- अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ।

मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो। सिन्धुखोलामा विद्युत्को पोल ढल्दा मेलम्ची बजारलगायत ठाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।

वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउ सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २१, १०: ०८

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र २१, १०: ०८

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ भाद्र २१, १०: ०८

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...