अस्वस्थ अवस्थामा फेला परेको दुर्लभ सालकको उद्धार – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

अस्वस्थ अवस्थामा फेला परेको दुर्लभ सालकको उद्धार

नयाँ विकल्प,

ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा दुर्लभ वन्यजन्तु सालक अस्वस्थ अवस्थामा फेला परेपछि उद्धार गरिएको छ। सालकको उद्धार गरी जङगलमा छाडिएको छ। वडा नम्बर ५ चाँगेका वडाध्यक्ष सन्तोष लिम्बूले सालक फेला पारेका हुन्।

सालक दुर्लभ संरक्षित वन्यजन्तुमा पर्ने इन्डियन पेङ्गोलिन प्रजातिको भएको दोभान सव डिभिजन वन कार्यालय चाँगेका फरेस्टर ध्वनीरामसिंह कुशवाहाले बताए। कुशवाहाका अनुसार खैरो रङ, १८ इन्च लम्वाई भएको उक्त सालकलाई चाँगेस्थित मलेनी टुटेबर सामुदायिक वन क्षेत्रमा छोडिएको छ।

वडाध्यक्षसहितका जनप्रतिनिधि, स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, समाजका अगुवासमेतको उपस्थितिमा सालकलाई सकुशल जङगलमा छोडेको दोभान सव डिभिजन वन कार्यालयले जनाएको छ।

अवैध चोरी शिकारका कारण सालकलगायत दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा पुगेकाले त्यस्ता वन्यजन्तुको संरक्षण गर्नुपर्ने विषयसँग सम्बन्धित सचेतनामुलक जानकारी समेत स्थानीय सरोकारवालालाई गराइएको थियो।

विश्वभर आठ प्रजातिका सालक पाइने र नेपालमा भने संकटापन्न अवस्थाको कालो सालक, खैरो र लोपोन्मुख तामे सालक पाइने गर्दछ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र २१, ११: ४२

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ भाद्र २१, ११: ४२

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...

माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
  • २०७८ भाद्र २१, ११: ४२

भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...