आज कुसे औंसीः कुस भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

आज कुसे औंसीः कुस भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि

नयाँ विकल्प,

काठमाडौं- भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज मंगलबार मनाइँदैछ। आज घरघरमा कुस पनि भित्र्याइँदैछ।

सनातन वैदिक हिन्दु धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि कुस आजै घरमा राखेर पूजा गर्छन्। ब्राहृमणहरू कुस पूजा गरेर छेदनसहित जजमानकहाँ पुर्‍याउँछन्।

वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिन्छ।

आज छोराछोरीले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन्। आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ पर्वको रुपमा पनि लिइन्छ।

तराई मधेसमा पुरुषहरूले वर्षभरिका लागि पुग्ने कुस भित्र्याउँछन्। आज घरमूली बुवा, दाजु लगायतले बिहानै उठेर नहर, पोखरीको छेउ, खेत वा कुस पाइने ठाउँमा जान्छन्। र, कुस भित्र्याउँछन्।

हिन्दु धर्ममा बिवाह, व्रतबन्धलगायत शुभकार्य वा मृत्यु संस्कारमा कुसको आवश्यकता हुने भएकाले कुस भित्र्याउने प्रचलन रहेको सप्तरीको विष्णुपुर गाउँपालिकाका स्थानीय विजय देवले बताए।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ भाद्र २२, ०८: ४६

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ भाद्र २२, ०८: ४६

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ भाद्र २२, ०८: ४६

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...