आजदेखि सप्तरीकाे हनुमाननगरमा पढाई सुरु – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

आजदेखि सप्तरीकाे हनुमाननगरमा पढाई सुरु

नयाँ विकल्प,

काठमाडाैं- कोरोनाको कहर कम भएको भन्दै हनुमाननगर कंकालिनी नगरपालिकाले यही भदौ २७ गते आइतबारदेखि भौतिक रुपमा उपस्थित भएर विद्यालय खोल्ने भएको छ।

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि हनुमाननगर र भारदह क्षेत्रका विद्यालय आइतबारदेखि खुल्ने जनाइएको छ।

सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो।

सोहीअनुरुप भदौ २७ गतेदेखि हनुमाननर कंकालिनी नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्ने निर्णय गरेको छ।

कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादवले जारी गरेको सूचनामा कोभिड–१९ का कारण बन्दाबन्दीले विगत लामो समयदेखि बन्द रहेको विद्यालय भौतिक रुपमा नै उपस्थित भएर विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय भएको जनाइएको छ।

सूचनामा कोभिड– १९ बाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरुपमा पालना गरी कक्षा ४ देखि १२ सम्म भौतिक रुपमा उपस्थित भई कक्षा सञ्चालन गर्ने भएको जनाइएको छ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र २७, ०७: ४९

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २७, ०७: ४९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र २७, ०७: ४९

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...