काठमाडौंमा बोक्सी नाममा महिलामाथि कुटपिट – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

काठमाडौंमा बोक्सी नाममा महिलामाथि कुटपिट

नयाँ विकल्प,

काठमाडौं – काठमाडौंमा बोक्सीको आरोपमा पेट दुख्ने समस्या भएकी महिलामाथि कुटपिट भएको छ ।

ठुलो भ-याङमामा झारफुक गरेर बोक्सी झार्ने नाममा एक महिलालाई चरम यातना दिइएको पाइएको छ ।

कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् ।

थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

प्रहरीकहाँ जाहेरी दिन आउँदा महिलाको शरीरमा निलडाम रहेको सिंहले बताए ।

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०७८ भाद्र २९, २१: ५८

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७८ भाद्र २९, २१: ५८

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७८ भाद्र २९, २१: ५८

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...