काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ । बाढीर पहिरोमा परेर अझै ३३ जना बेपत्ता रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
एक तथ्याङ्क सार्वजनिक गर्दै केन्द्रले शनिबार बिहानसम्म मुलुकका विभिन्न ठाउँमा गरी मृत्यु हुनेको संख्या १ सय ११ पुगेको पुष्टि गरेको हो ।

जसअनुसार…
प्रदेश १ मा ६६ जना
सुदूरपश्चिम प्रदेशमा ३४ जना
कर्णाली प्रदेशमा ८ जना
लुम्बिनी प्रदेशमा २ जना
र बागमती प्रदेशमा १ जना गरी
जम्मा १११ जनाको मृत्यु भएको हो।
बेपत्ता
सुदूरपश्चिम प्रदेशमा २० जना
प्रदेश १ मा ९ जना
लुम्बिनी प्रदेशमा २ जना
प्रदेश २ मा १ जना
र कर्णालीमा १ जना बेपत्ता भएका छन् ।
घाइते
प्रदेश १ मा १८ जना
कर्णाली प्रदेशमा १ जना
र सुदूरपश्चिम प्रदेशमा १३ जना गरी
जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...