बस दुर्घटनामा ४० जना घाइते – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

बस दुर्घटनामा ४० जना घाइते

पाँचथर । फिदिममा यात्रुवाहक बस दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

पाँचथरबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस आज बिहान सरखण्डेमा दुर्घटनाग्रस्त भएको हो । ६० भन्दा बढी यात्रु रहेको बस सडकबाट खसेर अर्को गोलाइमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।

घाइतेमध्ये २४ जनालाई पाँचथर अस्पताल र बाँकीलाई पाथिभरा अस्पताल लगिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ कार्तिक ८, १३: ३८

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक ८, १३: ३८

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ कार्तिक ८, १३: ३८

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...