काठमाडौं । कपुरधारास्थित एउटा घरबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।

डेरागरी बस्ने मिलन कुमार राईको डेरामा खानतलासी गर्दा पेस्तोल फेला परेको महानगरिय प्रहरी बृत लैनचौरले जनाएको छ ।
लामो समयसम्म राई सम्पर्कमा नआएपछि सोलुखुम्बु देउसाका मिलन राइको कोठा खोल्न घर धनीले आग्रह गरेपछि कोठा खोलेर हेर्दा पेस्तोल फेला परेको बृत प्रमुख दुर्गा प्रसाद दाहालले बताए ।
७ महिनादेखि सम्पर्कविहिन भएका राइ कहाँ छन् अहिले सम्म थाह नभएको धरधनीले बताए । कोठाबाट प्रहरीले एक थान पेस्तोल, म्याग्जीन र ४ राउण्ड गोली बरामद गरेको छ ।
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...