बानेश्वरबीच सडकको भ्वाङ पुर्न अझै दुई दिन लाग्ने – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

बानेश्वरबीच सडकको भ्वाङ पुर्न अझै दुई दिन लाग्ने

काठमाडौं । नयाँ बानेश्वरस्थित मुख्य सडकमा मंगाल खाल्डो परेपछि भासिएको सडक बन्न अझै दुई दिन लाग्ने भएको छ ।

सोमबार बिहान भासिएको सडक सम्बन्धित निकायले मंगलबार मात्रै ढल र मंगाल मर्मतको काम थालेको छ । सडकको बीचमा परेको १५ फिट गहिरो भ्वाङ समयमै नपुर्दा सवारी आवागमनमा समस्या भएको सर्वसाधारणले गुनासो गरेका छन्।

भत्किएको मंगाल र ढलपाइप बनाउन दुईदिन लाग्ने उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ। ढलको काम सुरु भइसकेको भन्दै ढलको काम मात्रै गर्ने केयुकेएल ढल महाशाखाका प्रमुख उज्ज्वल श्रेष्ठले बताए ।

ढल र मंगालको काम सकाएपछि सडक बनाउने काम सडक विभागले गर्ने उनको भनाइ छ । सडक पुर्ने र पिच गर्नु पर्ने भएकाले अझै समय लाग्ने श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ कार्तिक ९, १४: १४

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ कार्तिक ९, १४: १४

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ कार्तिक ९, १४: १४

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...