प्रतिनिधिसभा बैठकः प्रमुख प्रतिपक्षी दल एमालेकाे अवरोध कायमै – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper
१६ दिनपछि बसेको प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभा बैठकः प्रमुख प्रतिपक्षी दल एमालेकाे अवरोध कायमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् । १६ दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा पनि एमालेले आफ्नो अवरोध कायमै राखेको हो ।

माधव नेपाल लगायत १४ सांसदलाई आफ्नो पार्टीले पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै बिहीबारकाे बैठक एमाले अवरुद्ध गरेको हो । बैठकमा एमालेका सांसदहरुले संसदीय मर्यादा कायम गर, गैरसांसदहरुलाई निषेध गर लगाएका नारा लगाएका थिए । एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नी सापकोटाले सदन अवरुद्ध हुदा सदनले गर्नुपर्ने कामहरु रोकिएको भन्दै सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे ।

त्यस्तै, बैठकमा सभामुख सापकोटाले बिधि र पद्धतीका आधारमा आफ्ना कुरा सदनमा राख्न ध्यानाकर्षण गराउँदै बाढी पीडितको लागि राहतका लगाएत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनको लागि संसद संचालनमा सहयोग पुर्‍याउन आग्रह गरे ।

सभामुखको आग्रहपछि पनि एमालेका सांसदहरुले नारावाजीलाई जारी राखेपछि नाराबाजी कै बीच सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाए । त्यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दीलेन्द्रप्रसाद बडूले दलित आयोगको प्रतिवेदन पेश गरे । साथै बैठकले सांसदहरू अनुपस्थितिको सूचना पनि स्वीकृत गरेकाे छ ।

गत असोज २५ गते स्थगित भएको बैठक १६ दिनपछि बिहीबार बसेको हो । प्रतिनिधिसभाकाे अर्को बैठक कात्तिक २९ गते सोमबार दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले चालू अधिवेशन सुरु भए देखिनै निरन्तर रुपमा प्रतिनिधिसभा बैठक अवराेध गरिरहेको छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ कार्तिक ११, १४: ५०

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ कार्तिक ११, १४: ५०

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...

माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
  • २०७८ कार्तिक ११, १४: ५०

भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...