गाउँपालिका र आन्दोलनरत शिक्षकबीच सहमति भएपछि नियमित पठनपाठन सुरु – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

गाउँपालिका र आन्दोलनरत शिक्षकबीच सहमति भएपछि नियमित पठनपाठन सुरु

डोटी । डोटीको आदर्श गाउँपालिका र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । सरकारले विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताको तलब बृद्धिको निर्णय गाउँपालिकाले कार्यान्वयन नगरेको भन्दै आइतबारदेखि अनिश्चितकालका लागि पालिका भित्रका विद्यालय बन्दको घोषणा गरेको थियो ।

आन्दोलनरत शिक्षकहरुको चेतावनीपछि बसेको सर्वपक्षीय बैठकमा गाउँपालिकाले सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने सहमति गरेको थियो । सरकारले गरेको निर्णय अनुसार तलब वृद्धिमा सहमति जुटेपछि आफ्नो निर्णय फिर्ता लगेको एक शिक्षकले बताए ।

आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाका अनुसार विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताको वृद्धि भएको तलब साउनदेखि दिने सहमति भएको भएको हो । स्थानीय स्रोतबाट उठ्नुपर्ने रकम उठेपछि सम्बन्धित शिक्षकहरुको खातामा रकम स्थानान्तरण गर्ने सहमति भएको छ । उनले भने, ‘सरकारले तलब वृद्धि गर्ने निर्णय गाउँपालिकाको बजेट तयारीभन्दा ढिला भएकोले समस्या भएको हो । सरकारको निर्णय हामीले पालना नगर्ने भन्ने हुँदैन । असारमा हाम्रो बजेट तयार भयो सरकारले साउनमा निर्णय सुनाउँदा समस्या भएको हो ।’

अहिले गाउँपालिका र आन्दोलनरत शिक्षकको सहमतिपछि विद्यालय नियमित पठनपाठन भइरहेको बताएका छन् ।

याे पनि…

३३ विद्यालय अनिश्चितकालका लागि बन्द

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ कार्तिक १४, १३: १३

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ कार्तिक १४, १३: १३

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ कार्तिक १४, १३: १३

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...