कर्णालीमा काँग्रेसको नेतृत्व, महेन्द्र शाहीले दिए राजीनामा – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

कर्णालीमा काँग्रेसको नेतृत्व, महेन्द्र शाहीले दिए राजीनामा

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो बेलुका राजीनामा दिएपछि कर्णाली प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसको हातमा जादैछ । सोमबार प्रदेश बासीलाई सम्बोधन गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रश्रस्त गर्दै शाहीले राजीनामाको घोषणा गरेका हुन ।

तीन वर्ष आठ महिनाको कार्य प्रगति सावर्जनिक गर्दै उनले राजीनामा दिएको बताए । अब सत्ता संचालनमा नेपाली काँग्रेसलाई फुल्ली सघाउने शाहीले बताए ।

२०७४ फाुगन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महेन्द्र शाही राजीनामा दिएसंगै अब मुख्यमन्त्रीको दावी काँग्रेसले पेश गर्दै छ । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्रीमा बन्ने पक्का भएको छ ।

एमालेको सभामुखसहित १३ जना, माओवादी केन्द्रको १२, नेपाली काँग्रेसको ६ , समाजबादी पार्टीका ३ र राप्रपाको १ जना गरी कर्णाली प्रदेशसभामा ३५ सदस्य छन् । राजनीतिक इमान्दारिता देखाएको भन्दै जीवनबहादुर शाहीले धन्यवाद दिए ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ कार्तिक १६, ०८: २४

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ कार्तिक १६, ०८: २४

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ कार्तिक १६, ०८: २४

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...