मुख्यमन्त्रीमा प्रदेश १ का राजेन्द्र राईले सपथ लिँदै – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

मुख्यमन्त्रीमा प्रदेश १ का राजेन्द्र राईले सपथ लिँदै

विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले प्रदेश १ को मुख्यमन्त्रीमा सपथ लिँदैछन्। राईलाई आज दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम छ।

सपथ लिएसँगै राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने बताइएको छ । सबै दलबाट १–१ जनाले मन्त्रीको सपथ लिने छन्। नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई मन्त्री बनाउने सो पार्टीले जनाएको छ।

यस्तै माओवादीबाट दलका नेता इन्द्र आङ्बोलाई पठाउने तयारी गरेको छ । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन लागेको हो।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक १६, ११: ५९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ कार्तिक १६, ११: ५९

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ कार्तिक १६, ११: ५९

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...