
धादिङ । धुनिबेसी नगरपालिका वडा नम्बर १ मा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा धुनिबेसी नगरपालिका वडा नम्बर १ की ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएपछि उनीहरुलाई उपचारका लागि काठमाण्डौको स्वयम्भूमा रहेको मनमोहन मेमोरियल अस्पतालमा लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।
कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भइ गएराति पल्टिएर दुर्घटनामा परेको हो। दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...