बाढीपहिरोबाट आफन्त गुमाएका परिवारलाई राहत रकम वितरण सुरू – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

बाढीपहिरोबाट आफन्त गुमाएका परिवारलाई राहत रकम वितरण सुरू

डोटी । अविरल वर्षाका कारण बाढी र पहिरोमा परि ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहत रकम वितरण शुरु गरेको छ । डोटी जिल्ला प्रशासन कार्यालयले असोज ३१ देखिको वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपबाट क्षेति व्यहोरेको परिवारलाई राहत रकम वितरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टका अनुसार सरकारले बाढी पहिरोका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरे अनुसार प्रशासन कार्यालयले रकम वितरण गर्न सुरु गरेको बताए । उनले भने, ‘सायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाउनेको ६ जना रहेको थियो । प्रशासनको टोली गाउँमै गएर पिडित परिवारका सदस्यलाई राहत रकम वितरण गरेको हो ।’

डोटीको सायल गाउँपालिका वडा नं. ६ का सारग र आशिष कुन्जेडा एकै परिवारका हुन् । त्यस्तै वडा नं. १का बिरे रोकाया, वडा नं.४ का जंगबहादुर विष्ट, वडा नं. ५ का हिरुवा लुहार र देव डुम्रेल गरी ६ जनाको बाढी पहिरोका कारण ज्यान गएको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार सागर र आशिष कुन्जडाको परिवारले ३ लाख रुपैयाँ पाएका छन् ।

बाढी पहिरोजन्य प्राकृतिक विपदबाट डोटी जिल्लामा १५ जनाको मृत्यु भएको थियो भने एक जना वेपत्ता रहेको बताइएको छ । प्रमुख विष्टका अनुसार अन्य बाँकी परिवारहरुलाई तत्कालै राहत रकम उपलव्ध गराइने छ । यता नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले पनि पिडित परिवारलाई भाडाकुँडा, कम्बल, लुगाकपडासहितको राहत सामग्री वितरण गरेको छ ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक १७, १३: ४९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ कार्तिक १७, १३: ४९

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ कार्तिक १७, १३: ४९

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...