
काठमाण्डौ । सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशकलाई कारबाही गरिएको छ ।
संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ र २ ले प्रदान गरेको नेपाली नागरिकको सूचना माग्ने र पाउने हकको उलङ्घन भएको भन्दै डा.घनश्याम खतिवडालाई १५ हजार रुपैयाँ जरिबाना गरिएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।
सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषले मागअनुसार सूचना उपलब्ध नगराएकाले सूचना पाउँ भनी आयोगसमक्ष पुनरावेदन परेपछि उक्त कुरा बाहिर आएको हो ।
झापा जिल्ला, बाह्रदशी गाउँपालिका–६, अहिले काठमाण्डौ बस्दै आएका बलबहादुर प्रधानले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रमुख डा. खतिवडा र सूचना अधिकारीसमक्ष आफूसँग सरोकार भएको सूचनाको माग गरेको आयोगका प्रवक्ता कमला ओली थापाले बताइन् ।
विपक्षीबाट प्राप्त लिखित जवाफ तथा यस आयोगबाट भएका पटक पटकका आदेशको समेत बेवास्ता गरेपछि उनलाई जरिबाना गरिएको आयोगले जनाएको छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...