सल्यान अपडेटः दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

सल्यान अपडेटः दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

सल्यान । कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा १० जना पुरुष र २ जना महिला रहेका छन् । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए ।

सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा २२ जना घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । सामान्य घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको थापाले बताए । तीब्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

बस सडकबाट २०० मिटर तल खसेको थियो । तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ कार्तिक २१, १५: १२

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ कार्तिक २१, १५: १२

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ कार्तिक २१, १५: १२

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...