
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण सञ्चालन हुन नसकेको कोरियन भाषा परीक्षा पुःन सञ्चालन लागि तयारी शुरु भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।
कोरियन भाषा परीक्षा फेरि सञ्चालनका लागि कोरियाले मानव संशाधन विभाग (एचआरडी)संग सहमति गरेको विभागका महानिर्देशक दीपक काफ्लले बताए । उनले भने, ‘परीक्षा सञ्चालनबारे सहमति भएको छ । तर मिति तय हुन बाँकी छ । परीक्षा सञ्चालनको आवाश्यक प्रोटोकल तयार गरेर मात्रै भाषा परीक्षा सञ्चालन गर्ने हाम्रो योजना रहेको छ ।’
महानिर्देशक काफ्लेका अनुसार अबको भाषा परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुनेछ । रोजगार विभाग कम्प्युटर पूर्वाधारसहितको उचित स्थान खोजिमा रहेको र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रहेको कम्प्युटर प्रयोगशाला विकल्पको रुपमा प्रयोग गर्न सकिने उनको भनाई रहेको छ ।
महानिर्देशक काफ्लेका अनुसार ईपीएस कोरिया शाखाका सीभीटी परीक्षाका लागि कार्यालयमा रहेका कम्प्युटर भाषा परीक्षाका लागि पर्याप्त छैनन् । भाषा परीक्षा सञ्चालन गर्ने गरी कोरिया शाखाले तयार गरेको भवन निर्माणपछि प्राविधिक समस्या देखिएको छ । भवनलाई पाइलिङ गरेर पर्खाल दिनुपर्ने भएपछि अहिले सो भवनमा परीक्षा सञ्चालन गर्न नसकिने बताए ।
कोरिया सरकारले २०२१ का लागि पाँच हजार भन्दा बढी कामदार लैजाने गरि कोटा (सिलिङ) पठाएको थियो । यसका लागि २०७७ जेठमा परीक्षा हुनुपर्ने थियो तर अहिलेसम्म परीक्षा हुन सकेको छैन् । भाषा परीक्षाका लागि प्रत्येक वर्ष चैतमा आवेदन लिने गरिएकोमा कोरोना महामारीका कारण सो प्रक्रिया अघि बढ्न नसेको महानिर्देशक काफ्लेको भनाई छ ।
भाषा परीक्षा पास गरेर भिसा आएका कामदारलाई कोरिया पठाउन सरकारले कोरोनामा कारण देखाउँदै रोकेको थियो । कोरिया जाने श्रमिक देशमै रोकिन पुगे । रोकिएका श्रमिकमध्ये दुई हप्ताअघि ४९ जना प्रतिवद्ध श्रमिक कोरिया गएका थिए ।
रोकिएका श्रमिकलाई अब क्रमश पठाउने प्रक्रिया शुरु भएको महानिर्देशक काफ्लेले बताए ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...