प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणको सिलसिलामा आज दिल्ली प्रस्थान गरेका छन । भारतका स्थल सेनाध्यक्ष एम एम नरवणेको निमन्त्रणामा ९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै सेनापति शर्मा आज दिल्ली प्रस्थान गरेका हुन् ।

शर्मा प्रधानसेनापति पदमा नियुक्ति भएपश्चात यो पहिलो विदेश भ्रमण हो । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले कार्तिक २४ गते शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्हबाट विभुषित गर्ने कार्यक्रम रहेको छ ।

सेनापति शर्मालाई सोमबार जंगी अड्डामा सेनाको एक टुकुटीले सम्मान गारत अर्पण गरेको थियो । उनको औपचारिक बिदाई कार्यक्रममा भारतीय राजदुत विनय मोहन क्वात्रा तथा सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो । बलाधिकृत रथी बालकृष्ण कार्कीले नेपाली सेनाको मध्य एयर बेश गौचरमा बिदाई गरेका थिए ।

नेपाली सेना शैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सेनापति शर्माले भारत भ्रमणका क्रममा भारतीय उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने तथा आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सेनापति शर्माको भ्रमणको अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ । शर्मा सहितको भ्रमणदल कार्तिक २६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक २३, ११: ५९

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ कार्तिक २३, ११: ५९

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ कार्तिक २३, ११: ५९

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...