
धनुषा । छोरा जन्माउन नसकेको भन्दै श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ । सबैला नगरपालिका ३ का ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको पीडित परिवारले बताएको छ ।
१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई छोरा नजन्माएको र दाइजो नल्याएको भन्दै मानसिक तनाव दिँदै आएको मृतक खातुनको बुबा मोहम्मत आलमले बताए । ८ कात्तिक राति रक्सी खाएर साफीले घरमा सुतिरहेको छोरीलाई घाँटी थिचेर हत्या गरेको आरोप छ । मृतकको घाँटीसहित शरिरभरि निलडाम छन् ।
किटानी जाहेरी दिए पनि दोषी पक्राउ गर्न प्रहरीले चासो नदेखाएको मृतककी आमा गुलशन खातुनले बताइन् । घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले बताए ।
घटनाका थप आरोपीको खोजी कार्य भइरहेको सिग्देलको भनाइ छ । चाडपर्वको कारण घटनाको अनुसन्धान केही प्रभावित हुन पुगेको उनको भनाइ छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...