झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले बताए ।

सिन्धुलीगढीस्थित बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको थियो । कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएपछि पोखरेल मंगलबार नै सिन्धुलीगढी पुगेका थिए ।

पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै गठबन्धनमा आवद्धदलका कार्यकर्ताले विरोध जनाए । गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताहरु झडपमा उत्रिने र अप्रिय घटना हुन सक्ने स्थिति पैदा भएपछि सुरक्षाकर्मीको तैनाथ गरिएको थियो ।

सर्वदलीय बैठकमा पनि सहमति जुट्न नसकेपछि जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्न पुगेको हो ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ कार्तिक २४, ११: ३०

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक २४, ११: ३०

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ कार्तिक २४, ११: ३०

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...