कञ्चनपुरमा जंगली हात्तीले केरा खेती सखाप – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

कञ्चनपुरमा जंगली हात्तीले केरा खेती सखाप

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टीमा जंगली हात्तीको बथानले बजारमा लैजानका लागि तयारी अवस्थाका केरा तथा हजारवटा भन्दा बढी केराका बोटमा क्षति गरेको छ ।

हात्तीको बथानले एक बिघामा लगाइएको केराका बोट पुरै ढालेको, बाँकी रहेको खुट्टाले कुल्चेर नोक्सानी गरेको फार्मका सञ्चालक जगन्नाथ जोशीले बताए ।

सञ्चालक जोशीका अनुसार करिब २० वटा हात्तीको बथानले केरा खेतीमा धेरै नोक्सान गरेको बताए । त्यस्तै हात्ती पुनः राति फर्केर आउने सम्भावना रहेकाले थप क्षति हुन नदिनबारे चिन्तित रहेको बताए ।

हात्तीले क्षति पुर्‍याएको फार्मको अवलोकन निकुञ्जका कर्मचारी, प्रहरी र वडा अध्यक्षलगायतका जनप्रतिनिधिले गरेको उनले बताए । जनप्रतिनिधिसहितको अनुमगन टोलीले क्षतिबारे स्थलगत मुचुल्का समेत तयार गरेको उनले बताए ।

सम्बन्धित समाचार

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७८ फाल्गुन २४, १३: ०१

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७८ फाल्गुन २४, १३: ०१

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...

काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई गृहमन्त्री गुरुङले निजगढ पुगेर भेटे
काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई गृहमन्त्री गुरुङले निजगढ पुगेर भेटे
  • २०७८ फाल्गुन २४, १३: ०१

काठमाडौं : जनकपुरबाट पैदल यात्रा गर्दै काठमाडौंतर्फ प्रस्थान गरेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । आफ्ना...