
काठमाडौं । बीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासद्वारा वाणिज्य दूतावास परिसरमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आजादीका अमृत महोत्सवको रूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
महावाणिज्यदूत नितेश कुमारले महिला सशक्तिकरणका लागि, महिलाहरुको विकासका लागि यस्ता कार्यक्रमको आयोजना भइरहनु पर्ने बताउँदै कार्यक्रमको महत्व र आवश्यकतामा जोड दिएका थिए ।

कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाज जस्ता समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दै मधेस प्रदेशका करिब २५ प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको भारतीय दुतावासले जानकारी दिएको हो ।
यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’’मा महिलाहरूले आफ्ना विचारहरू प्रस्तुत गरे । महिलाहरूले आफ्नो संघर्ष, उपलब्धि र पूर्वाग्रह तोड्ने तरिका र उपायहरूबारे कार्यक्रममा विचार प्रस्तुत गरे ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...