भारतको सहयोगमा निर्माण भएको ताप्लेजुङ्गको सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

भारतको सहयोगमा निर्माण भएको ताप्लेजुङ्गको सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ । आइतबार प्रतिनिधि सभाका सांसद योगेश भट्टराई, संविधानसभा सदस्य भुपेन्द्र थेवे र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सिनाममा अवस्थित श्री सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त भवन निर्माण परियोजना भारत सरकारले भारत स्वतन्त्र भएको ७५ वर्षको उपलक्ष्यमा “क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव” अन्तर्गत नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल नेरु ३ करोड १० लाखको लागतमा उक्त दुई तले भवनको निर्माण भएको हो । सन् १९५० मा स्थापना भएको यस विद्यालयमा हाल १६०० जना विद्यार्थी अध्ययनरत छन् ।

भारत सरकारले सन् २००३ यता नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा छ । जसमध्ये अहिलेसम्म कूल ४६७ वटा सम्पन्न भइसकेको भारतीय दुतावासले जनाएको छ । भारतले नेपालमा अघि बढाएका परियोजना मध्ये ताप्लेजुङ्गका २ गरी प्रदेश १ मा ७८ वटा रहेको र यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङ्ग जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको जनाएको छ ।

भवन उद्घाटन समारोहमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय समुदायका अगुवा, शिक्षक–शिक्षिका, अभिभावक, छात्र–छात्रा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७८ चैत्र ७, १७: ४६

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७८ चैत्र ७, १७: ४६

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७८ चैत्र ७, १७: ४६

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...