
बुटवल । नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित सिद्धार्थनगरका तीन कांग्रेस कार्यकर्ताले पार्टी त्यागेका छन् । सिद्धार्थनगर नगरपालिका ७ मा वडाअध्यक्ष बनेका भीमसेन कर्माचार्यसहित तीन कार्यकर्ताले पार्टी त्यागेका हुन् ।
परित्याग गर्नेमा वडा नम्बर ७ का सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्य छन् । कांग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर खड्कालाई राजीनामा बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहेको बताएका छन् ।
नेतृत्वले निर्वाचनका बेला मुल्यांकन नगरेको, पार्टी सिद्धान्तभन्दा बाहिर गएर चलेको, व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले पार्टी परित्याग गर्ने निर्णय गरिएको वडा सचिव कर्माचार्यले बताए ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...