
रुपन्देही । गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किंदा विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको छ ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालयले जनाएको छ ।
दुई बालबालिकासहित ७० जना यात्रु सवार उक्त जहाज धावनमार्गमा नै छ । भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको छ ।
बुद्ध एयरले भैरहवाबाट काठमाडौं उडान नं ८५६ को जहाज विमानस्थलमा रलिङ्ककाक क्रममा टायर फ्लायटका कारण रोकिएको बताएको छ ।
ती यात्रुलाई अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको र धावनमार्गमा रोकिएको जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको बुद्ध एयरले बताएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...